कांग्रेसका केन्द्रीय सदस्यको पिताको निधन, देउवाद्वारा समवेदना प्रकट
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका ९९ वर्षीय पिता पूण्यप्रसाद श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको शनिबार दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको नेपाली कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
बिक्रम संवत २००७ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका स्वर्गीय श्रेष्ठ बिक्रम संवत २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन गोरखाको उत्तरी क्षेत्रमा सक्रिय रहेका थिए ।
स्वर्गीय श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रुपले सहभागी रहँदै आएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूण्यप्रसाद श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको भन्दै देउवाले पार्टीले एक प्रेरणादायी व्यक्तित्वलाई गुमाएको बताएका छन् ।
सभापति देउवाले श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
श्रेष्ठको शनिबार साढे ५ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसले उनको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत