अग्रजको सम्मानमा रत्ननगर कांग्रेसले गर्‍यो नमूना काम

रत्ननगर । चितवनमा नेपाली कांग्रेस रत्ननगर नगर समितिले ‘अग्रज पुस्ता भाग १’ पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार रत्ननगरको वडा नं. १२ स्थित घेगौलीमा आयोजित कार्यक्रममा रत्ननगर कांग्रेसले अग्रज कांग्रेसका नेता तथा कार्यकर्ताको जीवनी समेटेर प्रकाशन गरेको पुस्तक नयाँ पुस्तालाई हस्तान्तरण गरेको हो ।

पुस्तकमा दिवंगत र ६५ वर्ष पार गरेका अग्रज कांग्रेसहरूको जीवनवृत्तको संक्षिप्त अभिरेखाङकन गरिएको छ ।

कांग्रेसमा लामो समयदेखि क्रियाशील अग्रज व्यक्तित्वहरूको जीवनीलाई संक्षिप्त अभिरेखाङकन गरी तयार पारिएको ‘अग्रज पुस्ता भाग १’ नामक पुस्तक हस्तान्तरण कार्यक्रममा रत्ननगरका सभापति रुपनराज घिमिरेले रत्नगर नगरपालिकाभित्र रहेर प्रजातान्त्रिक आन्दोलनमा सधै अग्रस्थानमा उभ्याएको स्मरण गरे ।

यसअघिका प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रत्ननगरको योगदान गर्ब गर्न लायक भएको घिमिरेले बताए ।

पुरानो पुस्ता नयाँ पुस्ताको आधारशीला भएको बताउँदै अग्रजले देखाएको बाटो नयाँ पुस्ताका लागि पदचाप भएको सभापति घिमिरेले बताए । उनले यसलाई पछ्याएर अगाडि बड्ने बताए ।

अग्रज पुस्तालाई सम्मान दिनका लागि अग्रज पुस्ता भाग १ प्रारम्भ भएको उनले बताए । घिमिरेले यो अभियानलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा वडा नं. १२ का सभापति श्रीकृष्ण घिमिरेले अग्रज सम्मान कार्यक्रम सराहनीय भएको बताए । ‘कहिँ कतै कमी कमजोरी भए अगामी दिन सुधार गरेर अघि बड्ने छौँ’, उनले भने,

विशिष्ट अतिथि वडा नं. १२ का अध्यक्ष वीरबहादुर पाख्रिनले कांग्रेसलाई गर्विलो र उचाइँमा पु¥याउनका लागि अग्रजको अहं भूमिका भएको बताए । उनले अग्रज पुस्ताकै मार्ग र निर्देशनानुसुार पार्टी चल्नुपर्ने आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा नगर समितिका पदाधीकारी, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य लगायतको उपस्थिति रहेको थियो ।

रत्ननगरका १६ वडामै शनिबारदेखि पुस्तक हस्तान्तरण कार्यक्रम सकिने रत्ननगर सभापति रुपनराज घिमिरेले बताए ।

Published : Saturday, 2019 March 16, 12:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया