दाङमा कांग्रेसले विकासको मूल फुटाएपछि कम्युनिस्टहरूलाई भयो जलन (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले दाङ जिल्लाको विकास निर्माणमा भएका गतिविधिहरूको स्थलगत जानकारी लिएका छन् ।

नेपाली कांग्रेसका नेता गिरीले आफ्नो पालामा पश्चिम दाङमा शुरु गरेका सिचाइँका कार्यक्रमहरूको अनुगमन र निरीक्षण गरेका हुन् ।

गिरी सिचाइँमन्त्री भएका बेला श्रीगाउँलगायतका स्थानमा सिचाइँका लागि बोरिङ बनाउने योजनाहरू पारेका थिए ।

कांग्रेसको पालामा निर्माण भएका ती बोरिङहरूबाट पश्चिम दाङका थुप्रै खेत र बारीहरूमा सिचाइँ पुगेका छन् ।

कांग्रेसको पालामा शरु भएका योजना र कार्यक्रमहरू धमाधम पूरा हुन थालेपछि कम्युनिस्टहरूको टाउको दुखाइ हुन थालेको छ ।

गिरी मन्त्री भएका बेला दाङ जिल्लामा विकासका थुप्रै कार्यक्रमहरू परेका छन् । राप्ती नदीमा तटबन्ध बनाउनेदेखि दाङ उपत्यकाको सिचाइँको दीर्घकालीन योजनाहरू छन् ।

कांग्रेसका पालामा आएका कार्यक्रमहरू निर्माण भएर जनता लाभान्वित हुन थालेपछि कम्युनिस्टहरूलाई तनाव बढ्न थालेको छ । (तस्वीर सौजन्य दाङ कांग्रेस सचिव शंकर डाँगी)

Published : Friday, 2019 March 15, 11:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया