ओलीद्वारा न्याम्सको उपकुलपति र पदाधिकारी नियुक्ति
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार नियुक्त गरेका हुन् ।
उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रबार नियुक्त गरेका छन् ।
पर्साका प्रा.डा. सुबोधकुमार अधिकारीलाई शिक्षाध्यक्ष, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुश दाहाल डीन र सप्तरीका डा.केदारप्रसाद सेन्चुरीलाई वीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ ।
सबैको पदावधी चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई शुक्रबार राति बालुवाटारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए । ‘५ सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुस्’, ओलीले भने, ‘अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत