कांग्रेसका नेता खतिवडाद्वारा उपचार खर्च प्रदान, जिल्लाबासीको मन जित्दै

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगा घर भएका फत्तबादुर श्रेष्ठ र विमल कार्कीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

खतिवडाले शुक्रबार उनीहरूलाई अस्पतालमा भेटेर आर्थिक सहयोग पनि गरेका छन् । खतिवडाका सहयोगी हुकुम राईका अनुसार शीघ्र स्वाथ्य लाभका कामना गर्दै उपचारका लागि खतिवडाले सानो रकम उपलब्ध गराएका हुन् ।

खतिवडाले उपचार गराई रहेका दुबै जनालाई उपचार खर्च उपलब्ध गराएका छन ।

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ७ र ८ च्यानाम निवासी त्रिवि शिक्षण हस्पिटल उपचरत फत्तबहादुर श्रेष्ठ र शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचरत विमल कार्कीलाई हस्पिटलमै पुगेर कांग्रेसका नेता खतिवडाले शीघ्र स्वस्थ्या लाभको कामना पनि गरेका छन् ।

यसैबीच, कांग्रेसका युवा नेता खतिवडाले आगलागी पीडितलाई राहत वितरण गर्न गृहजिल्ला ओखलढुंगा प्रस्थान गरेका छन् ।

Published : Friday, 2019 March 15, 1:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया