बेलायतमा दिनेश खड्का मेडस्टोनबाट काउन्सिलरको चुनाव लड्दै
लण्डन । दाङ्ग, सतबरिया घर भएका युवा दिनेश खड्का इंगल्याण्डको मेडस्टोनबाट काउन्सिलरको पदमा चुनाव लड्न लागेका छन् ।
आउँदो मे महिनामा हुन गइरहेको स्थानीय चुनावमा लिबरल डेमोक्र्याट पार्टीको तर्फबाट उनी काउन्सिलर पदमा चुनाव लड्न लागेका हुन् ।
स्थानीय सामाजिक काममा सक्रीय खड्काले सन् २०१० मा लिबरल डेमोक्र्याट पार्टीको सदस्यता लिएका थिए । सो पार्टी नेपाली तथा गोर्खा लगाएत आप्रवासी समुदाय प्रति उदार ठानिन्छ ।
ब्रिटिश खाद्य उद्योगमा गएको १४ वर्ष देखि खाद्य प्राविधिक तथा व्यवस्थापकको रुपमा काम गर्दै आएका खड्का ले अहिले ग्रीनविच विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेका छन् । उनले सोहि विश्वविद्यालयबाट खाद्य सुरक्षा तथा गुणस्तर व्यवस्थापनमा मास्टर्स गरेका थिए ।
मेडस्टोन नेपाली समाजका पूर्व सचिव खड्का राप्ती समाज युकेका सचिव पनि हुन् ।
‘मैले यो चुनावमा पार्क लगाएतका खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदाय को तर्फ बाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरू उठाई रहेको छु’, उनले भने ।
उनले अहिले सम्म स्थानीय जनताको तर्फ बाट राम्रो प्रतिक्रिया पाई रहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।
मेडस्टोनमा भूतपूर्व गोर्खा लगाएत नेपाली समुदायको बाक्लै बसोबास रहेको छ।
![]()
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत