ओली र प्रचण्ड स्वार्थले मिलेका हुन्ः गगन थापा
अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट सरकार आर्थिक क्रान्तिमा भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको बताएका छन् ।
नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गरेको जनसभा तथा राशिक शहीद स्मृति प्रतिष्ठानको उद्धाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार उद्योगधन्दा खोल्ने र कलकारखाना खोलेर आर्थिक क्रान्ति गर्ने पक्षमा नभएको बताए ।
थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताएका हुन् ।
देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको बताउँदै थापाले प्रधानमन्त्रीमा जिम्मेवारीबोध नभएको बताए ।
निर्मला पन्तका हत्यारालाई कारबाही गर्न सरकार गम्भीर नरहेको पनि थापाले बताए ।
पटक–पटक भ्रष्टाचार गर्दिनँ भनेर प्रधानमन्त्रीले भने पनि वाइडबडी र बुढीगण्डकीको बारेमा सरकार चुप रहेको थापाले आरोप लगाए ।
दुई तिहाई बहुमतको सरकारले राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नलागेको बताउँदै कांग्रेसले आफू हारेर पनि देशलाई र प्राप्त उपलब्धिलाई जोगाएको थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत