रुपन्देहीमा हत्या गरिएका पुरीलाई तरुण दलले दियो भावपूर्ण श्रद्धाञ्जलि (तस्वीर)
बुटवल । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले रुपन्देही देवदहमा हत्या गरिएका तरुण दलका सक्रिय कार्यकर्ता अनिश पुरीको शवमा झण्डा ओडाएर श्रद्धाञ्जलि दिएका छन् ।
शाहीले नवलपरासीको बर्दघाट चोकमा पुरीको शवमा श्रद्धाञ्जलि दिएका हुन् । शाहीको शव यात्रामा सहभागी हुन काठमाडौंबाट आएका तरुण दलका महामन्त्री शाहीले पुरीको शवमा तरुण दलको झण्डा ओडाएर श्रद्धाञ्जलि दिएका हुन् ।
दुई दिन अगाडि पुरीलाई स्थानीय युवाहरुले बोलाएर हत्या गरेका थिए । हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रद्धाञ्जलि दिने क्रममा महासचिव शाहीले दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

‘अनिश पुरीलाई हत्या गरिएको विषयमा तरुण दल गम्भीर छ । हामीले दोषीलाई कारबाही गर्नुपर्छ भन्ने माग राखेका छौँ’, उनले भने, ‘दोषीलाई बचाउन खोजियो भने तरुण दलले सडक आन्दोलन गर्नेछ ।’
तरुण दलका सक्रिय कार्यकर्ता पुरीको अन्तिम दाहासंस्कार मंगलबार नारायणी नदीमा गरिएको छ ।

1 प्रतिकृया प्राप्त “रुपन्देहीमा हत्या गरिएका पुरीलाई तरुण दलले दियो भावपूर्ण श्रद्धाञ्जलि (तस्वीर)”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

AAAAAAAA