क्लव डेजाभू काण्ड : ३ थुनामा, ८ फरार
काठमाडौ । दरबारबार्गस्थित क्लब डेजाबुका सञ्चालकलाई काठमाडौं प्रहरीले नियोजित तरिकाबाट उन्मुक्ति दिन खोजको प्रमाण जनप्रहारले फेला पारेको छ ।
पटक–पटक पक्राउ परी ठगीमा मुद्दा चलाएको गिरोहलाई काठमाडौं प्रहरीले नाम थर वतन नखुलेको भन्दै पक्राउ गरेको बखत वा उनीहरूको संलग्नता रहेको पुष्टि भएमा मुलुकी ऐन फौजदारी कार्यबिधि ऐन, २०७४ को दफा ३५ बमोजिम थप दाबी लिईने भन्दै बचाउन खोजेको प्रमाण जनप्रहारले फेला पारेको हो ।
शेयर दिने भन्दै भक्तपुरका विश्वराज श्रेष्ठलाई डेजाभूका सञ्चालक मानिएका समीप सिलाकार, प्रतिक हबल्दार भन्ने प्रतिक श्रेष्ठ, प्रवेश श्रेष्ठ, मनोज श्रेष्ठ, अनान गुरुङ, खेमप्रसाद गैरे, मनिषराज भण्डारी, रमण शिलाकार, पवन मैजु र पृथु बास्कोटा, बिश्वराज, मनिष राज भण्डारीले तिन करोड ५० लाख ठगी गरेका थिए ।
तत्काल पक्राउ परेका समीप शिलाकार, प्रतिक हबल्दार भन्ने प्रतिक श्रेष्ठ र प्रबेश श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यनाथ अधिकारीले मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका छन् ।
अदालतको आदेशसँगै तीन जनालाई केन्द्रीय कारागारमा पठाईएको छ । तर उक्त मुद्दामा प्रहरी र सरकारी वकिलले ठूलै चलखेल गरेको स्रोतको दाबी छ । काठमाडौं परिसरका मुद्दा फाँटका डिएसपी मोहन थापा र सरकारी वकिल माधवप्रसाद घिमिरेको सेटिङमा मुद्दाको अनुसन्धान चाँडै सकेर पक्राउ परेका अभियुक्तलाई समेत १२ दिनमै उन्मुक्ति दिन खोजिएको छ ।
सार्वजनिक मुद्दालाई समेत २४ दिन थुनेर सककारी वकिल कार्यालयमा मिसिल बुझाएको दुई दिन लगाएर जिल्ला प्रशासन कार्यालयमा फाईल टेकाउने सरकारी वकिलले उक्त तीन करोड ५० लाखको मुद्दाको प्रहरीले बनाएको फाईललाई थप अनुसन्धान नगरी सरकारी वकिलले ठूलै सेटिङमा अदातलमा दर्ता गराएको स्रोत बताउँछ ।
उक्त मुद्दामा पटक–पटक पक्राउ परेका तथा चार महिना अगाडीमात्र क्लव डेजाभूको मार्समेलो काण्डमा पक्राउ परी मुद्दा चलाएको व्यक्तिलाई समेत नाम थर वतन नखुलेको भन्दै डिएसपी थापाले लुकाउन खोजेका हुन् ।
नाम थर वतन नखुले फरार भनिएका अनान गुरुङ, रमण शिलाकार, पृथु बास्कोटा आइतबार जिल्ला अदालत परिसरमै थिए । त्यसको जानकार प्रहरी भए पनि उनीहरूलाई पक्राउ गर्न कुनै चासो नदेखाएपछि काठमाडौं प्रहरीले ठूलै रकमको चलखेल गरेको स्रोतको दाब छ ।
काठमाडौं जिल्ला अदालतको आइतबारको सिसिटिभी फुटेज हेर्ने हो भने पनि यो समूह सो दिन अदालतमा उपस्थित भएको प्रष्टिन्छ । ‘काठमाडौं परिसरका डिएसपी मोहन थापा आफंैले १८ पुस २०७४ मा ठगी मुद्दा चलाएका प्रतिवादीलाई पुनः प्रतिवादी कायम गर्न कुन कानुनले रोक्यो ?’, स्रोत सोध्छ ।
नेपाल प्रहरीका पूर्वडिआईजी तथा नेकपाका सांसद नवराज सिलवाललाई जेल हाल्ने डिजाईनमा काठमाडौं प्रहरीको मुद्दा हेर्न आइपुगेका डिएसपी थापा पछिल्लो समय असुली धन्दामा लागेका छन् ।
सांसद सिलवाललाई तत्कालिन काठमाडौं परिसरका एसएसपी रवीन्द्र धानुक र मुद्दा तत्कालिन डिएसपी हालका एसपी बेलबहादुर पाण्डेले मुद्दा नचल्ने निर्णय गराएपछि पूर्वआईजी उपेन्द्रकान्त अर्यालको डिजाईनमा एसएसपी विश्व पोखरेल र थापालाई काठमाडौं प्रहरी ल्याईएको थियो ।
तर सिलवाललाई जेल हाल्ने उनीहरूको सपना तत्कालिन सरकारी वकिललको कारण सकार हुन सकेन । बिगत एक बर्षदेखि काठमाडौं प्रहरीको मुद्दा हेर्दै आएका थापाले असुल धन्दा चर्काउँदै आएका छन् ।
स्काई केवल काण्ड, अनिल गजमेर काण्ड र डेजाबु काण्डमा राम्रै चलखेल गरेको स्रोत बताउँछ । जागिर खाएदेखि प्रहरी प्रधान कार्यालयमा बस्दै हाकिमको चाकडी गर्दै आएका थापा पूर्व आईजी अर्यालका खास रहेको उनका समकक्षी बताउँछन् । जनप्रहार साप्ताहिकबाट साभार
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत