पूर्वराजा फागुन २९ गते पूर्वका चार जिल्ला जाने

काठमाडौं । पूर्व ज्ञानेन्द्र शाहको स्थगित भएको पूर्वका चार जिल्लाको भ्रमण पुनः हुने भएको छ ।

सोमबार जारी विज्ञप्तिअनुसार पूर्वराजा शाह फागुन २९ गते धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लातर्फ प्रस्थान गर्नेछन् ।

पूर्वराजा शाहले आफ्नो भ्रमण धनुषा जिल्लाबाट शुरु गर्नेछन् । भ्रमणका बेला पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेट्ने छन् ।

त्यसै गरी धार्मिक स्थलहरूको पनि भ्रमण र पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Published : Monday, 2019 March 11, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया