गगनको प्रस्तावले कम्युनिस्ट सरकारलाई तनाब, कम्युनिस्टहरुको ओठमुख सुक्यो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कम्युनिस्ट सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतबीच भएको सहमतिको विषयमा प्रतिनिधि सभाको बैठकमा गम्भीर चासो र चिन्ता व्यक्ति गर्दै जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा आइतबार शून्य समयमा बोल्दै सांसद थापाले सरकार र राउतबीच भएको सहमति सकरात्मक भएपनि त्यसको पृष्ठभूमि र शैलीले अदालत र सरकारबीच कतै मिलिभगत त चलिरहेको छैन भनि गम्भीर आशंका व्यक्त गरे ।

‘नेपाल सरकार र पृृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र रहेर मधेस र मधेसीको हक खोज्ने भनि भएको सहमति सकरात्मक छ’, उनले भने, ‘सहमतिको पष्ठभूमि र शैलीले अदालत र सरकारकोबीच कतै मिलिभगत त चलिरहेको छैन भने गम्भीर प्रश्न उठाएको छ ।’

कांग्रेसका युवा नेता थापाले सहतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आआफ्नै व्याख्या गर्न थालेपछि सकरात्मक वातावरणलाई संसयको घेरमा ल्याएको पनि बताए ।

सहमतिको बुँदामा प्रयोग भएको पदावलीप्रति आपत्ति जनाउँदै थापाले भने, ‘के को लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई उत्तर चाहिन्छ । अतः सहमतिको बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दछु । यसविषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि सभामुखसँग जोडदार अनुरोध गर्दछु ।’

कांग्रेसका युवा नेता थापाको मागअनुसार बिखण्डनकारी सीके राउतसँग नेपाल सरकारले गरेको ११ बुँदे सहमति संसदमा छलफलका लागि प्रवेश पायो भने खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई तनाब हुनेछ ।

Published : Sunday, 2019 March 10, 5:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया