केपी ओलीले बिखण्डनको बीउ रोप्नुभयोः केशव झा
काठमाडौं । राष्ट्रिय जनता पार्टी (नेपाल)का महासचिव केशव झाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले देश बिखण्डनको बीउ रोपेको आरोप लगाएका छन् ।
महासचिव झाले देश टुक्र्याउने अभियानमा लागेका सीके राउतसँग सम्झौता गरेर बिखण्डनको बीउ रोपेको आरोप लगाएका हुन् ।
‘सीके राउतले के–के नै ठूलो काम गरे जसरी प्रधानमन्त्री ओलीले अंकमाल गरेर सहमति गर्नुभयो’, उनले भने, ‘सीके राउतले के नै ठूलो कुरा गरेका छन् र ? केही गरेका छैनन् । देश टुक्र्याउँछु भनेर हिँडेका छन् ।’
ओलीले सीके राउतको मागअनुसार जनमत संग्रह गर्छु भनेर सहमति गरेको महासचिव झाले दाबी गरे । उनले भने, ‘केपी ओली, प्रचण्ड र गृहमन्त्रीलाई साक्षी राखेर सीके राउत आफैले भनेका छन् । हाम्रो माग पूरा भएको छ । जनमसंग्रह हुने भयो ।’
महासचिव झाले राज्यविप्लवको मुद्धा खेपेको व्यक्तिलाई आममाफी पाउने तर, जनताको मत पाएर सांसदमा निर्वाचित व्यक्तिलाई जेलमा हाल्ने कार्यले ठूलो नोक्सानी भएको बताए ।
सीके राउतलाई प्रधानमन्त्री ओलीले चोख्याएको झाले बताए । ‘सीके राउतलाई नेकपाले ठाउँ दिएर ठूलो गल्ती गरेको छ’, उनले भने, ‘ओलीजीले सीके राउतलाई राजपाविरुद्ध परिचालन गर्ने भनेर देख्नु भएको सपना निरर्थक हुनेछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत