मकवानपुरमा कांग्रेस नेतृको निधन
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरकी नेतृ चित्रकुमारी गुरुङको निधन भएको छ ।
नेपाली कांग्रेस मकवानपुरकी क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघकी महाधिवेशन सदस्य एवं सल्लाहकार गुरुङको निधनले क्षति भएको कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले जनाएकी छिन् ।
‘नेतृ गुरुङको असामाहिम निधनले हामी सबैलाई मर्माहत बनाएको छ’, नेतृ उपाध्यायले भनेकी छिन्, ‘मकवानपुर कांग्रेस स्तब्ध भएका छौँ । उहाँको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रदाञ्जलि ।’
मकवानपुर जिल्लामा नेतृ गुरुङले कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएकी थिइन् ।
Published : Saturday, 2019 March 9, 10:29 am
1 प्रतिकृया प्राप्त “मकवानपुरमा कांग्रेस नेतृको निधन”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

May her departed soul rest in the peace(rip)