अष्ट्रेलियामा नेपाली युवतीको दुर्घटनामा मृत्यु

अष्ट्रेलिया । अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी नेपाली युवती निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ ।

९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नको लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् । नेपालमा उनको घर काभ्रे जिल्लामा पर्छ ।

काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो ।

दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा भएको थियो ।

निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् । उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको छ ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।

Published : Saturday, 2019 March 9, 9:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया