दिल्लीमा डान्स प्रतियोगिता, नेपालबाट रेडियो तुलसीपुर भिड्दै

नयाँदिल्ली । दाङको तुलसीपुरस्थित रेडियो तुलसीपुरले भारतको नयाँदिल्लीमा हुन लागेको नृत्य प्रतियोगितामा नेपालको तर्फबाट भाग लिँदै छ ।

भारतको राजधानी नयाँदिल्लीमा दोस्रो एबीयू अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपालको तर्फबाट रेडियो तुलसीपुरले नृत्यमा भाग लिन लागेको रेडियोका अध्यक्ष एवम् अकोराबका उपाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित ११ देशका एघार वटा समूहले डान्स प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता शनिबार बिहान हुनेछ । यो प्रतियोगितामा नेपालले पहिलो पटक भाग लिएको हो ।

प्रतियोगितामा भाग लिन नृत्य निर्देशक विकास घलेको नेतृत्वमा आठजनाको समूह दिल्ली पुगिसकेको छ । नृत्य समूहमा चार जना महिला र चार जना पुरुष रहेका छन् ।

टोलीसँगै नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल पनि नयाँदिल्ली पुगेका छन् ।

Published : Friday, 2019 March 8, 10:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया