राजपाले कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने
काठमाडौं । राष्ट्रिय जनता पार्टी (नेपाल)का शीर्ष नेताहरूले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय जनमुक्ति पार्टीसँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले अधिकार प्राप्तिका लागि लडाइँ लड्ने चेतावनी दिएका हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्द्रि राय यादव, नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरूले अधिकारी प्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताए ।
आफ्ना पार्टीका सांसद रेशम चौंधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति उनीहरूले आपत्ति जनाए । उनीहरूले देशभर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

राजपाका नेता महन्थ ठाकुरले सरकारले संघीयतालाई असफल बनाउने षड्यन्त्र गरिरहेको बताए । उनले संघीयता नरहे संविधान नरहनेतर्फ पनि सरकारलाई सचेत गराए ।
नेता ठाकुरले सबैको अधिकारलाई सुनिश्चित गर्न संविधान संशोधनका लागि गरिएको पटक–पटकको आग्रहलाई पनि सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
नेता राजेन्द्र महतोले आफूहरूको अधिकार प्राप्तिको आन्दोलनलाई शासक वर्गले दमन गरिरहेको उल्लेख गरे । उनले अधिकार प्राप्तिको आन्दोलनमा आउन पनि सबै उपेक्षित समुदायलाई आह्वान गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको पनि घोषणा गरिएको थियो । दुई पार्टीबीचको एकताले अधिकार प्राप्तिको आफूहरूको आन्दोलनलाई थप उचाइमा पुर्याउने नेता शरतसिंह भण्डारीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत