कांग्रेसका नेता पुरीको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झापाका पुराना अग्रज नेता जीतबहादुर पुरीको निधनले आफूलाई अत्यन्तै दुःख लागेको बताएका छन् ।

सभापति देउवाले बिहीबार समवेदना जारी गरेर पुरीको निधनले कांग्रेसलाई ठूलो क्षति भएको जनाएका छन् ।

‘२०१४ सालमा नेपाली कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरीले पञ्चायती विरोधी लामो संघर्षमा जेल र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो’, देउवाले भनेका छन् ।

‘२०४६ सालको परिवर्तन पश्चात राष्ट्रिय सभाको सदस्य समेत बन्नु भएका पुरीको विदाई सँगै नेपाली कांग्रेस पार्टीले एक निष्ठावान अग्रज गुमाएको छ’, समवेदनामा भनिएको छ ।

‘उहाँको निधनबाट नेपाली कांग्रेस झापाको अग्रज नेतृत्वको विदाई भएको छ नै मैले समेत एक असल अग्रज र मित्र समेत गुमाएको छु’, देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट उहाँका समस्त परिवारजन एवं नेपाली कांग्रेस झापा पार्टी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

Published : Thursday, 2019 March 7, 1:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया