कांग्रेसका प्रवक्ताद्वारा रंगशाला निर्माणका लागि धुर्मुसलाई सहयोग प्रदान
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
श्रीमती कविता शर्मासँग विवाह भएको १६औं वर्षको अवसर पारेर प्रवक्ता शर्माले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई नगद १६ हजार सहयोग हस्तान्तरण गरेका हुन् ।
विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपियाँ सहयोग गरेको फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शर्माले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो–सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।
‘प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय लाग्दैन’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान गर्छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत