शिक्षकहरूद्वारा काठमाडौंमा प्रदर्शन, कांग्रेसका नेता तिमिल्सिनाले दिए साथ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व महामन्त्री जन्मजय तिमिल्सिनाले ‘छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपाल’को आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

राहत र बालविकास शिक्षकहरूको संघर्ष समितिले काठमाडौंमा बुधबार आयोजना गरेको विरोध र्‍याली तथा रिले अनसन कार्यक्रममा तिमिल्सिना सहभागी भएर ऐक्यवद्धता जनाएका हुन् । उनले राहत र बालविकास शिक्षकहरूका माग पूरा गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरेका छन् ।

तिमिल्सिनाले शिक्षकहरूमाथि कम्युनिस्ट सरकारले दमन गरेको भन्दै अपात्ति पनि जनाएका छन् । उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षकहरूका जायज मागलाई पूरा गरिनुपर्छ । दमन गर्नु हुँदैन ।’

शिक्षकहरूले दुई दिनदेखि लगातार काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

सत्तारुढ नेकपाले शिक्षकहरूको आन्दोलनलाई रुचाएको छैन । शिक्षकहरूका मागलाई पूरा गर्ने पक्षमा नेकपाको कम्युनिस्ट सरकार नरहेको शिक्षकहरूको आरोप छ ।

Published : Wednesday, 2019 March 6, 6:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया