कांग्रेसलाई गुट मुक्त बनाउँछु, सहयोग गर्नुस्ः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको बताएका छन् ।
काठमाडौंमा मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसले ७३औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डा.शशांक कोइरालालाई आग्रह गरेका हुन् ।
उनले आफू सबैको सहयोगमा सभापति बनेको उल्लेख गरे । देउवाले भने, ‘पार्टीभित्रको गुटउपगुटले कसैलाई पनि फाइदा पु¥याउँदैन ।’
कांग्रेसका सभापति देउवाले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै आलोचना गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गरे ।
उनले एक पक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टी भित्र विभिन्न गुट जन्मने गरेको दावी समेत गरेका छन् ।
कम्युनिष्टहरूभन्दा उत्कृष्ट हौँ भनेर जनतामा जान पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ ।
नेता पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओली सर्वसत्तावादको प्रतीक बन्न खोजिरहेको आरोप लगाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत