डिएसपीको २१ दिनमै काज फिर्ता
काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी प्रमुख नायव उपरीक्षक भेषराज रिजाललाई फिर्ता बोलाएको छ ।
रिजाललाई हेडक्वाटरले २१ दिन अगाडि काजमा दार्चुलाको प्रहरी प्रमुख बनाएर पठाएको थियो ।
नायब उपरीक्षक (डीएसपी) भेषराज रिजाल आफ्नै दरबन्दीमा पठाइएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीमा उनको ठाउँमा डीएसपी दीपेन्द्र शाहीलाई पठाइएको छ ।
डिएसपी रिजाल यसअघि २८ माघमा महानगरीय प्रहरी पहरागञ्ज, सामाखुशीबाट दार्चुला सरुवा भएका थिए ।
Published : Monday, 2019 March 4, 8:03 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत