नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री अधिकारीको निधन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । भेन्टिलेटरमा राखिएका अधिकारीको शनिबार राति निधन भएको चिकित्सकले घोषणा गरेका हुन् ।
अस्पतालका निर्देशक डा. भाष्करराज पन्तका अनुसार अधिकारीको ९ः३५ मा निधन भएको छ ।
करेन्ट निमोनिया कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टले शुक्रबार नै नेता अधिकारी अचेत अवस्थामा पुगेको जानकारी गराएका थिए ।
नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी गराएका छन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारी अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका थिए । अधिकारीका तीन छोरी छन् ।
२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए ।
नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए ।
मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए ।
०५१ पुस ११ पहिलो बजेट ल्याउँदै आफ्नो गाउँ आफैं बनाऔँ भन्ने कार्यक्रम ल्याए ।
२०५२ असार असार २७ गते अर्को बजेट ल्याए । बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए ।
२०५६, २०६१ मा पनि अधिकारी अर्थमन्त्री भए । २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए ।
१९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत