कांग्रेसद्वारा संसदबाट दार्चुला जिप दुर्घटनाका मृतकलाई क्षतिपूर्ति माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दार्चुला जिल्लामा जिप दुर्घटनामा परेर मृत्यु भएका यात्रुहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका आफन्तलाई क्षतिपूर्ति र राहत प्रदान गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको शनिबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य दिलेन्द्र बडूले दार्चुला जिल्लाको शुक्रबार राति राताकाठा भन्ने स्थानमा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका हुन् । ‘दार्चुलामा जिप दुर्घटना भएर एघार जनाको मृत्यु भएको छ । ठूलो मानवीय क्षति भएको छ’, उनले भने, ‘यो सडकमा आगामी दिनमा दुर्घटना नहुने गरेर काम अगाडि बढाइनुपर्छ ।’

‘क्षतिपूर्तिका लागि सरकार, बीमा कम्पनी र यातायात व्यवसायीसँग मेरो आग्रह छ’, कांग्रेसका सांसद बडूले भने, ‘११ जनाको मृत्यु हुने गरी जिप दुर्घटना भएको यो सडकमा ठेकेदारहरूले ठीक तरिकाले काम गरेका छैनन् । यो सडकमा बजेट पनि छैन । सरकारले ध्यान दिओस् ।’

दार्चुलामा म १ ज २८० नम्बरको जिप शुक्रबार राति सात बजेर ५० मिनटको समयमा राताकाठा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । चालक बाहेक दुर्घटनामा जिपमा सवारी एघार जनाकै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

दार्चुला महाकाली नगरपालिका वडा नं. ४ बाङ्गाबगरमा दुर्घबाट दुहु गाउँपालिकातर्फ जादै गरेको जिप दुहु गाउँपालिकाको वडा नं. ३ राताकाठा भन्ने स्थानमा रोडबाट अन्दाजी २०० मिटर तल खस्न गएको थियो ।

दुर्घटनामा १ जना नाबालिका सहित ११ जनाको मृत्यु भएको र घाईते सवारी चालक दीपकसिंह धामी फेला परी उपचारको लागि भारतको पिथौरागढ रिफर गरिएको छ ।

मृत्यु हुनेमा जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने वर्ष ४१ को कल्यान सिंह बडाल, जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने वर्ष १७ की निर्मला बडाल, जिल्ला दार्चुला दुहु गाउँपालिका २ हिकिला बस्ने वर्ष ३५ की पारुली धामी, जिल्ला दार्चुला दुहु गाउँपालिका १ बस्ने वर्ष २४ को धनबहादुर बम र जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने वर्ष ५५ की अम्मरा बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी, जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने वर्ष ७ की आयुसा बम, जिल्ला दार्चुला दुहु गाउँपालिका १ पिपलचौरी बस्ने वर्ष ४५ की गोमती बम, जिल्ला दार्चुला दुहु गाउँपालिका १ पिपलचौरी बस्ने वर्ष ७१ की धना बम, जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने वर्ष ६० को प्रतापबहादुर चन्द, जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने वर्ष २१ की सिन्याहा बम तथा जिल्ला दार्चुला दुहु गाउँपालिका १ बस्ने वर्ष ५३ की मानमती बमको दुर्घटनामा मृत्यु भएको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घना हुँदा मन्त्री रविन्द्र अधिकारीसहितका भीआइपीको मृत्यु हुँदा सत्तारुढ नेकपाले सरकारसँग क्षतिपूर्तिको माग गरेको थियो ।

नेकपाले दार्चुलामा जिप दुर्घटनामा परेर मृत्यु भएकाहरूको लागि सरकारसँग क्षतिपूर्ति माग गर्छ वा गर्दैन सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

Published : Saturday, 2019 March 2, 9:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया