पूर्वराजा शाह चार जिल्लाको भ्रमणमा जाँदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनका निजी भ्रमणको शिलशिलाका क्रममा धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लामा जाने भएका छन् ।
पूर्वराजा शाहको निजी सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार उनको चार जिल्लामा केही दिन बसाइँ हुनेछ । भ्रमणका क्रममा विभिन्न मन्दिरमा पुगेर दर्शन गर्नुका साथै शुभेच्छुकहरूसँग पनि भेट गर्ने जनाइएको छ ।
केही दिन अगाडि बारा जिल्लामा बसेका पूर्वराजा शाह पुनः पूर्वी जिल्लाहरूमा जान लागेका छन् ।
Published : Friday, 2019 March 1, 2:12 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत