कांग्रेसका युवा नेताद्वारा ओखलढुंगामा अग्निपीडितलाई राहत वितरण
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाका अग्निपीडितहरूलाई रहत वितरण गरेका छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकाको वडा नम्बर १ बलखुबेसीका अग्निपीडितहरूलाई कांग्रेसका युवा नेता खतिवडाले शुक्रबार बिहान राहत वितरण गरेका हुन् ।
बलखुबेसीमा आगलागी हुँदा चार वटा घर जलेर नस्ट भएका थिए । अग्निपीडितहरूले आगलागीमा परेर सबै सामान नष्ट भएका बेला खतिवडाले दिएको राहतले पीडितहरू खुसी भएका छन् ।
आगलागीमा परेर घरभित्र रहेका गरगहनाका साथै १२ वटा खसीबाख्रा जलेर नस्ट भएका थिए ।
आगलागी भएको थाहा पाएपछि नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले काठमाडौंबाट राहत सामाग्री लिएर आएका हुन् ।

कांग्रेसका युवा नेता खतिवडा ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनका बेला तत्कालीन एमालेका यज्ञराज सुनुवारसँग पराजित भएका थिए । पराजित भएपछि खतिवडाले जिल्लामा विकास कार्यक्रम लैजानेदेखि विभिन्न समस्यामा पर्नेहरूलाई सहायेग गर्दै आएका छन् ।
खतिवडाले शुक्रबार बिहान अग्निपीडितलाई चामल, लत्ता कपडासहितका राहतका सामाग्री पीडितहरूको घरमै पुगेर सहयोग गरेका हुन ।
राहत बाँड्न पुगेको कांग्रेसका युवा नेता खतिवडाले चुनावमा हारजित हुने भन्दै आफू पराजित भएपनि ओखलढुंगाका जनतालाई आफूले सक्दो सहयोग गरिरहने आश्वासन दिए ।

अग्निपीडित पिताम्बर लुइँटेलले जितेर गएका सांसदले आफूहरूको समस्याका विषयमा कुनै पनि जानकारी नलिएको गुनासो गरे । ‘हामीले जिताएर पठाएको सांसद कता जानुभयो हामीलाई थाहा छैन’, अग्निपीडित लुइँटेलले भने, ‘रामहरि खतिवडाले हामीलाई दुःखको बेला ठूलो सहयोग गर्नुभएको छ । उहाँलाई हाम्रो आशीर्वाद लागोस् ।’
स्थानीया समाजसेवी अजम्बर लुइँटेलले यस्तो बिपतका बेला घरमै आएर यसरी पीडितहरूलाई राहत बितरण गरेकोमा कांग्रेसका नेता खतिवडालाई धन्यावाद दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत