पाकिस्तानले दियो भारतलाई झट्का, मोदी लाजले पानीपानी

नयाँदिल्ली । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई शुक्रबार रिहा गर्ने बताएको छ ।

बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ‘टु स्टेटम्यान’ को भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्ति कायम गर्नका लागि भारतीय वायु सेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका हुन् ।

पाकिस्तानको यो घोषणाले विश्वभरि इमरान खानको प्रशंसा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भएको छ । मोदीलाई यो घटनाले पानीपानी बनाएको छ ।

अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो ।

पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’

त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन् भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् ।

त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् ।

अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ ।

Published : Thursday, 2019 February 28, 10:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया