लागुपदार्थ सेवन गरेका प्रहरीद्वारा तरुण दलका नेताहरूलाई कुटपिट
काठमाडौं । रोल्पा जिल्लामा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले कुटपिट गर्नुको साथै दुर्व्यवहार गरेर झठ्ठा मुद्धा लगाएको खुलासा भएको छ ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर लागुपदार्थ सेवन गरेर मातिएका प्रहरीले तरुण दल रोल्पाका नेताहरूमाथि अमानवीय क्रुर व्यवहार देखाइ कुटपिट गरेको बताएका छन् । प्रहरी र कम्युनिस्ट सरकारको यो कार्यले तरुण दललाई गम्भीर बनाएको अध्यक्ष बस्नेतले बताएका छन् र
‘यही फागुन ११ गते साँझ नेपाल तरुण दल रोल्पा जिल्ला समितिको बैठकपछि शान्तिपूर्ण रुपमा आ–आफ्नो घरतर्फ फर्कदै गर्दा जिल्लाको श्रीचौर बजारमा चिया खाना खाइरहेको अवस्थामा राजनीतिक पूवाग्रहबाट प्रेरित भई वर्तमान सरकारको निर्देशनमा एक्कासि ईलाका प्रहरी कार्यालयका लागुपदार्थ सेवन गरी मातिएर गएका प्रहरीद्वारा अमानवीय र क्रुर व्यवहार देखाइ निर्मम तवरले लाठी चार्ज समेत गरी तरुण दलका पूर्णकालीन सदस्यहरू नेत्र बुढाथोकी, पूर्ण बुढाथोकी र ओम पुन मगरलाई झुठ्ठा मुद्धामा फसाउने नियतले पक्राउ गरिएको घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकषर्ण भएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष बस्नेतले भनेका छन्, ‘नेपाल तरुण दल लोकतन्त्रमा स्वतन्त्र रुपले सांगठन गर्न र हिँडडुल गर्न पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न वर्तमान खड्गप्रसाद ओली सरकार र प्रहरी प्रशानलाई आग्रह गर्दै तरुण दलका सदस्यहरूलाई झुठ्ठा मुद्धामा फसाउने र दुःख दिने अवाञ्छित र्हकत नगर्न र उनीहरू सम्मानका साथ तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौँ ।’
तरुण दलले आफ्नो आग्रहर्लाइ बेवास्ता गरी जनताका छोराहरूलाई दुःख दिने काम भएमा त्यसको विरुद्ध जस्तो सुकै कदम उठाउन पनि तरुण दल बाध्य हुने चेतावनी दिन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत