कांग्रेस नेता खतिवडाले भने, ‘रविन्द्रजी विश्वास गर्न कठिन भयो’
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
युवा नेता खतिवडाले दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तहरूमा समवेदना प्रकट गरेका छन् । बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
‘ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको समाचार विश्वास गर्न कठिन भयो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रविन्द्र अधिकारीजी र मसँगै एउटै संसदीय समितिमा रहेर धेरै लामो समय काम गर्यो । धेरै कामहरू गरेका छौँ ।’
संविधानसभाका बेला संविधान बनाउने काममा पनि अधिकारीसँग धेरै कामहरू गरिएको खतिवडाले स्मरण गरेका छन् ।
युवा नेता खतिवडाले हेलिकप्टर दुर्घटनामा परेका सबै सातै जनालाई श्रद्धाञ्जलि दिनुका साथै शोकमा डुबेको परिवारलाई सम्हालिन आग्रह पनि गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत