दाङमा जिप दुर्घटना हुँदा २ को मृत्यु ५ जना घाइते
घोराही । दाङ जिल्लामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – १९ बाहिरी संग्रामस्थित दुधरासबाट चिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जिप बुधबार साँझ साढे पाँच बजे दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – १९ बासगढी बस्ने वर्ष ३५ को लालबहादुर रावत र सोही ठाउँ बस्ने छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रावत पिकअप जिपका चालक समेत हुन् ।
विज्ञप्ति अनुसार पिकअप जिप सडकबाट अन्दाजी १ सय मिटर तल खस्न गई दुर्घटना भएको थियो ।
जिपमा १० जना यात्रु सवार थिए । दश यात्रुमध्ये २ जनाको घट्ना स्थलमै मृत्यु भएको थियो । ३ जना यात्रुलाई सकुशल उद्दार गरिएको छ ।
घाइते ५ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका – १९ छिल्लीकोट बस्ने वर्ष ४४ को कर्णबहादुर खड्का छन् । उनको अवस्था सामान्य रहेको छ ।
सोही ठाउँ बस्ने वर्ष १६ को लीलाबहादुर खड्का पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ ।
घाइते हुनेमा घोराही उपमहानगरपालिका – १५ बस्ने वर्ष २२ की सपना सिंह ठकुरी र सपना सिंह ठकुरीको छोरा संदिप सिंह ठकुरी घाइते भएका छन् । सपनालाई सामान्य चोट लागेको छ भने छोरालाई निधारमा चोट लागेको छ ।
सपना सिंह ठकुरीको छोरा १ महिनाको सुजल सिंह ठकुरी पनि सामान्य घाइते छन् ।
तुलसीपुर उपमहानगरपालिका १९ बस्ने बर्ष १७ को दीपेन्द्र ओली, तुलसीपुर उपमहानगरपालिका १९ वस्ने वर्ष २८ को कमल खत्री र घोराही उपमहानगरपालिका – १५ बस्ने वर्ष २७ को अनिल सिंह ठकुरी सकुशल रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत