पाकिस्तनाले भारतका दुई लडाकु विमान खसालिदियो

लण्डन । पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत–पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन् ।

उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन् ।

यसअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर भारत–पाकिस्तान नियन्त्रणरेखापारि बम हानेको बताएका थिए ।

तर यो भारतले मंगलवार गरेको आक्रमणको प्रत्युत्तर नभएको र त्यसैले धनजनको क्षति नहुने गरी कारबाही गरिएको मोहम्मद फैसलले बताएका छन् ।

समाचारसंस्था पीटीआई र रोयटर्सका अनुसार पाकिस्तानी विमान भारतीय आकाशमा प्रवेश गरेका हुन् ।

ती विमानहरू जम्मू–कश्मीरको राजौरी क्षेत्रमा छिरेको बताइएको छ ।

पीटीआईका अनुसार भारतीय विमानहरूले पाकिस्तानी विमानहरूलाई भाग्न बाध्य पारिदिएका थिए ।

Published : Wednesday, 2019 February 27, 12:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया