भारतको मद्रासमा कांग्रेसको भातृ संगठनको अधिवेशन
नयाँदिल्ली । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको ११औँ अधिवेशन मद्रासमा सम्पन भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
केन्द्रीय सदस्य लेखकले जनसम्पर्क समिति भारतले निर्वाचनका बेला नेपाली कांग्रेसलाई सहयोग गरेको भन्दै प्रशंसा गरे ।
निर्वाचनमा प्रचार सामाग्रीसहित जनताको घारमा पुगी सहयोग गरेको भन्दै लेखकले नेपाल–भारतबीचको समन्ध नेपालीहरूको पहिचान नेपाललाई पर्यटन क्षेत्रमा भारतमा रहेका नेपालीहरूको मह्तो पूर्ण भूमिका रहेको बताए ।
नेपालका आन्दोलनहरूमा जनसम्पर्क समितिले खेलेको भूमिकाको नेपाली कांग्रेसले उच्च सम्मान गर्दै आएको बताए । जनसम्पर्क समितिले नेपाली जानताको बेतलबी राजदूतको रुपमा सेवा गर्दै आएको जनाउँदै जनताको सेवा गर्ने सम्बन्धि नेपाल बनाउने दल नेपाली कांग्रेस भएको उनले बताए ।

नेपालका सबै आन्दोलनको नेतृत्व र परिवर्तन कांग्रेसकै पहलमा भएको बताएका नेता लेखकले नवनिर्वाचित कार्यसमितिलाई बधाई पनि दिएका छन् ।
विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले प्रवासी नेपालीहरूका समस्याको बारेमा जानाकारी गराए ।
नेपाली जनसम्पर्क समिति भारतले नेपालका ७७ जिल्लाबाट आएका भारतको कश्मिरदेखी कन्याकुमारसम्म रहेका नेपालीहरूलाई सेवा सहयोग गर्दै संघ/संगठनका गतिविधिमा लाग्न निर्देशन दिए ।
उनले भारतबाट नेपालमा फोन गर्दा नेपाल सरकारकै कारण महंगो मूल्य तिर्नुपरेको उनले गुनासो गरे ।

टेलिफोन शुल्कका कारण भारतमा नेपालीहरू मर्कामा परेको भन्दै अध्यक्ष पाण्डेले तुरुन्तै नेपाल सरकारले प्रक्रिया अगाडि बढाएर नेपालबाट जस्तै सस्तो दररेटमा फोन गर्न पाउने व्यवस्था गरिदिन केन्द्रीय सदस्य लेखकसँग अनुरोध गरे ।
नेपाली जनसम्पर्क समिति दक्षिण भारत समितिको ११औँ अधिवेशनमा सर्वससहमतिबाट देवीराम पौडेलको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यक्रममा नेपाल महिला संघ दक्षिण भारतको अध्यक्षमा सीता निउरेलाई चयन गरिएको छ । उनको नेतृत्वमा कार्यसमिति पनि बनेको छ ।
2 प्रतिकृया प्राप्त “भारतको मद्रासमा कांग्रेसको भातृ संगठनको अधिवेशन”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

देवीराम पौडेलज्यू र सीता निउरेज्यू को नेतृत्वमा नवनिर्वाचित दुबै समितिका अध्यक्ष लगायत कार्य समिति का सबै पदाधिकारी सदस्यज्यू हरु लाई हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना । श्री रमेश लेखकज्यू समेत सबै साथिहरू लाई जय नेपाल ।
Dhannebad sabai nabanirbachita samitilai ra sathama bharatma xariyera baseka nepali daju bhai ko gunaso bujhideyeko ma ra lekhak jilai pani lakhau lakha dhannebad l