काठमाडौंमा ३१ जना सडक बालबालिकाहरूको उद्धार

काठमाडौं । नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौंको गौशाला र ठमेल क्षेत्रबाट ३१ जना सडक बालबालिकाको उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुनः स्थापना केन्द्रको संयुक्त साझेदारी तथा समन्वयमा गौशालाबाट १९ जना र ठमेल क्षेत्रबाट १२ जना गरी ३१ जना सडक बालबालिकाहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सोमबार राति उद्धार गरिएको हो । कुलत तथा दुर्व्यसनमा फसेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन बाध्य भएका असहाय व्यक्तिहरू तथा बालबालिकाहरूको जीवन जोखिममा रहेको साथै उनीहरूको मृत्यु समेत हुने सक्ने भएकाले उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका उनीहरूलाई सोभर रिकभरी सेण्टर जोरपाटी, काठमाडौंमा पुनःस्थापना गरिएको छ ।

Published : Tuesday, 2019 February 26, 5:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया