सिटौला समूहका नेविसंघ नेताहरुद्धारा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला निकट मानिने नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद लागू गाउन माग गर्दै प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा मंगलबार सिटौला समूहका विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले ३२ वर्ष उमेरलाई नबढाउन नारावाजी गरेका थिए ।

दुई दिन अगाडि ढुंगा हानाहान गरेका विद्यार्थीलाई मंगलबार पार्टी कार्यालयमा प्रवेशमा रोक लगाइएको थियो । पार्टी कार्यालयभन्दा बाहिर सडकमै नेविसंघका कार्यकर्ताहरुले केही बेर नारावाजी गरेर फिर्ता भएका थिए ।

ठूलो संख्यामा उपस्थित प्रहरीले विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयमा प्रवेश गर्न नदिएपछि कांग्रेस नेतृत्व विरुद्ध समेत नारावाजी गरेका थिए ।

सिटौला समूहका विद्यार्थीले नेविसंघको नेतृत्व र बहुमत सदस्यमा दाबी गर्दै आएको छ ।

Published : Tuesday, 2019 February 26, 3:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया