बुढानिलकण्ठमा बस्यो ठूला नेताहरूको बैठक, कांग्रेसका तीन समिति बन्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान पारित भएलगत्तै तीनवटा समिति गठन गर्ने गृहकार्य शुरु गरेका छन् ।

देउवाले सोमबार साँझ आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएर अनुशासन समिति, निर्वाचन समिति र विधान नियमावली मस्यौदा समितिका लागि सदस्यको नाम मागेका हुन् ।

सभापति देउवाले समितिमा रहने सदस्यहरूको नाम नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग मागेको एक नेताले बताए ।

मंगलबार केन्द्रीय समितिको बैठक बसेर अनुशासन समिति, निर्वाचन समिति र नियमावली संशोधन समिति बनाउने तयारी छ ।

यी समिति छिटो गठन गर्नुपर्ने भएकोले पौडेल र सिटौलासँग नाम मागिएको हो ।

अनुशासन र निर्वाचन समिति पाँच–पाँच सदस्यीय बन्दा पौडेल र सिटौलालाई एक–एक सदस्य दिने तयारी संस्थापनको छ ।

अनुशासन समितिमा यसअघि भीष्मराज आङदेम्बेलाई संयोजक बनाएर देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई आफ्नोतर्फको सदस्य बनाउने तयारी देउवाको थियो ।

पछिल्लो केही दिनयता अनुशासन समितिको संयोजकमा मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा छ ।

विधान मस्यौदा नियमावली समिति ७ देखि ११ सदस्यीय बन्ने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको समितिहरू लामो समयदेखि रिक्त छन् । देउवाले ती समितिहरूलाई पूर्णता दिएर कांग्रेसलाई सक्रिय बनाउने गरी तयार थालेका हुन् ।

नेपाली कांग्रेसको विधान दुई दिन अगाडि पारित भएसँग नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको छ । कांग्रेसले अब नेताहरूलाई जिल्लामा खटाइ संगठन निर्माण गर्नुपर्ने सुझाव आउन थालेका छन् ।

Published : Tuesday, 2019 February 26, 8:39 am

1 प्रतिकृया प्राप्त “बुढानिलकण्ठमा बस्यो ठूला नेताहरूको बैठक, कांग्रेसका तीन समिति बन्दै”

  • ढिलो गरि शुरु भयो तर रार्मो शुरूवात

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया