रसुवामा कम्युनिस्टहरूले देखे कांग्रेसको कमाल, चारतारे झण्डाभित्र आए ठूला नेताहरू
रसुवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल भएको आरोप दोहोर्याएका छन् ।
रसुवा जिल्लामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एक वर्षको समयमा केही पनि गर्न नसकेको बताए । ‘सरकार सबै क्षेत्रमा असफल भएको छ’, देउवाले भने, ‘सरकारले आश्वासन बाँड्नेभन्दा केही गर्न सकेन ।’
रसुवा जिल्लाको प्रकृतिक सौन्दर्यताको बयान गरेका सभापति देउवाले कम्युनिस्टहरू कामभन्दा पनि धेरै गफ गरेर जनता झुक्काउन माहिर रहेको बताए ।
यसैबीच, कांग्रेस सभापति देउवाले रसुवा जिल्लाको नयाँ शक्ति पार्टी नेपालका संयोजक फुर्वा वाङ्दी तामाङसहित सयौँ नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् ।
रसुवा जिल्लामा नयाँ शक्ति पार्टी नेपालको सिङ्गो कार्यसमितिमा कांग्रेसमा प्रवेश गरेसँगै पार्टी कार्यालय रित्तिएको छ । कांग्रेसले रसुवामा नयाँ शक्ति पार्टीलाई क्लिन स्वीप गरिदिएको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई संगठन निर्माणका लागि विभिन्न जिल्लाहरूमा पुगेर कार्यकर्ताहरूलाई संगठित गरिरहेका बेला रसुवामा पार्टी नै सक्किएको छ ।
पार्टी प्रवेशको कार्यक्रमका लागि काठमाडौंबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरू रसुवा आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत