वाइड बडी काण्डमा रविन्द्र अधिकारीलाई बर्खास्त माग गर्दै ठूलो आन्दोलन हुँदै
काठमाडौं । वाइड बडी विमान खरिदमा काण्डमा संसदलाई ढाँटेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्दै काठमाडौंमा धर्ना र प्रदर्शन गर्ने भएको छ ।
समाजका सभापति उत्तम पुडासैनीका अनुसार मन्त्री अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्दै फागुन १५ गते बुधबार १ बजे संसद भवन नयाँ बानेश्वरको ३ नम्बर गेट अगाडि धर्ना प्रदर्शन हुने जानकारी दिए ।
‘संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरूलाई कारबाही गर्न आग्रहसहित शान्ति समाजद्वारा सञ्चालित अभियानका क्रममा निम्न मिति र स्थानमा आयोजित तेस्रो धर्ना प्रदर्शनमा हार्दिक आमन्त्रण गर्दछु’, पुडासैनीले पठाएको निमन्त्रणा पत्रमा उल्लेख छ ।
फागुन १५ गते ठीक १ बजे ‘ठूला नेता मिलेका : साढे ४ अर्ब निलेका’ लेखिएको २७५ वटा कागजको प्लेन उडाइ धर्ना प्रारम्भ हुनेछ ।
प्रतिनिधिसभामा २७५ सांसदहरूले प्रतिनिधित्व गर्छन् । उनीहरू सबैलाई पुग्ने गरेर वाइड बडीको कागजी प्लेन पनि उडाइनेछ ।
धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरूको सहभागिता रहनेछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री अधिकारीले वाइड बडी खरिदमा भएको घोटालाका बारेमा संसद र सार्वजनिक लेखा समितिलाई झुट जानकारी दिएका थिए । उनको त्यो झुठका कारण लेखा समितिले समेत राम्रोसँग काम गर्न सकेको थिएन ।
लेखा समितिल वाइड बडी काण्डमा मुछिएका मन्त्री अधिकारीसहित उच्च अधिकारीहरूलाई कारबाही गर्न कम्युनिस्ट सरकारलाई लेखेर पठाएको छ । तर, कम्युनिस्ट प्रधानमन्त्री ओलीले कारबाही गर्नुको साटो न्यायिक आयोग बनाएर संसदीय समितिलाई पंगु बनाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
वाइड बडी घोटालामा साढे चार अर्ब हिनामिना भएको लेखा समितिको ठहर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि वाइड बडी घोटालामा खासै ध्यान दिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत