सिरहामा लाखौं मूल्यको काठ बरामद
आलोक यादव
सिरहा । अबैध रुपमा ओसार पसार गरी लादै गरेको लाँखौ मूल्य बाराबरको काठ जिल्ला प्रहरी कार्यालय सिरहाले बरामद गरेको छ ।
लहान नगरपालिका वडा नम्बर १८ सोभापुर स्थित स्माईल मियाँको घरमा काठ छ, भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी टोली खटिगई स्माईल मियाँको गोठमा लुकाई छिपाई राखेको सालको काठ बरामद गरेको हो ।
सालको काठ थान २९, मुरकुटको काठ थान २, अस्नाको काठ थान ९, सति सालको काठ थान १, सिसौको काठ थान ६ गरी जम्मा ३० क्युफिट काठ बरामद गरी डिभिजन वन कार्यालय सिरहा लहानमा बुझाएको छ ।
स्माईल मियाँ फरार रहेका छन । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता तथा डिएसपी माधव राज खरेलले जानकारी दिएका छन ।
Published : Sunday, 2019 February 24, 9:32 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत