‘विप्लव’ समूहले मान्छे मारेको र बम पड्काएको जिम्मेवारी लियो
काठमाडौं । नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेलका टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ ।
एनसेलले भने जति चन्दा नदिएपछि विप्लव समूहले सर्वसाधारणको ज्यान जाने गरेर धमाधम टावरहरूमा आक्रमण गरेको हो ।
शुक्रबार राति विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो । दुई जना घाइते भएका छन् ।
विप्लव समूह निकटका एकजना नेताले पैदलयात्री लक्षित गर्ने गरी प्रेसर कुकुर बम नपड्एको दाबी गरेका छन् । उनले मानवीय क्षति भएकोमा क्षमा मागेका छन् ।
विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरूले गरेको स्वीकार गरेका छन् ।
उनले आफ्नो पार्टीको सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएपनि उक्त स्थानमा मानवीय क्षति भएकोमा सिंगो पार्टी पंक्ति नै दुखी रहेको बताए ।
यसअघि एनसेलमाथि अर्बौं रुपियाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप विप्लव समूहले लगाउँदै आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत