ओलीको निर्णयविरुद्ध अराजक बन्दै योगेश भट्टराई
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयको विरोध गरेका छन् ।
संसद बैठकपछि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले केन्द्रीय सचिवालयको निर्णय आपत्तिजनक रहेको बताए ।
भट्टराई पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत हुन् ।
केन्द्रीय सचिवालयको निर्णयविरुद्ध अभिव्यक्ति दिएर भट्टराईले अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापाविरुद्ध बिद्रोह गरेको टिप्पणी भएको छ ।
उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धि निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सकेरनसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप लगाए ।
नेकपाका नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको तर्क गरे ।
उनले सो कार्य दललाई कार्य दलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाए ।
नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको दावी गरेका छन् ।
गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत