वीरगञ्जमा कांग्रेस नेताले खोले होटल, देउवाद्वारा उदघाटन

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले लगानी मैत्री वतावरण बनाउन नसकेको आरोप लगाएका छन् ।

वीरगंजको आदर्श नगरस्थित होटल दियालोको बुधबार उदघाटन गर्ने क्रममा देउवाले सरकारका कारण उद्योगधन्दाको विकास हुन नसकेको बताए ।

देउवाले नेपाली कांग्रेस प्रजातन्त्रको रक्षाको लागि कहिले पछाडि नहटेको बताए । उनले बर्तमान अवस्थामा चारैतिरबाट प्रजातन्त्रमाथि हमला भैरहँदा नेपाली कांग्रेसको कारण नै प्रजातन्त्र बाँचेको दाबी गरे ।

करीव एक अर्बको लगानीमा निर्मित होटेलको देउवाले बुधबार उदघाटन गरेका छन् ।

होटल दियालो लोर्ड्स नाम गरिएको उक्त होटेलमा सुविधा सम्पन्न ६० वटा कोठा छन् । होटलले ब्याङक्वेट हल, एक स्विमिङ पुल तथा रेष्टुरेन्ट लगायको सुविधा राखेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी अनिल रुङ्गटाले होटलमा लगानी गरेका छन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल, फमुल्लाह मन्सुर, प्रदीप गिरी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

होटेलका सञ्चालक रुङगटाले होटल केही दिनभित्र सञ्चालन हुने जानकारी दिए ।

Published : Wednesday, 2019 February 20, 11:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया