सर्वसाधारण जनताको मन जित्दै नेपाली सेना, सेनापतिद्वारा निरीक्षण

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा सञ्चालन भैरहेको बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको अवलोकन गरेका छन् ।

बुधबार निरीक्षण भ्रमणमा निस्किएका थापाले खोटाङ्गस्थित श्री शेर गणको समेत अवलोकन गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही क्रममा प्रधानसेनापति थापाले उक्त मेडिकल शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरूको जानकारी लिएका थिए । उनले श्री शेर गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे समेत जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका छन् ।

निरीक्षण भ्रमण सकेर प्रधानसेनापति थापा बुधबार नै काठमाडौं फिर्ता भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा नेपाली सेनाले संचालन गरेको उक्त मेडिकल शिविर फागुन १ गते उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्वारा समुद्धाटन भएको थियो ।

हालसम्म उक्त मेडिकल शिविरबाट २ सय १६ जना सल्यक्रियाका बिरामीहरूसहित २० हजार ९ सय ५५ जनाले स्वास्थ्य उपचारको सुबिधा लिएका छन् ।

उक्त शिविर फागुन ११ गतेसम्म संचालनमा रहनेछ । नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन सर्वसाधारणहरूसँग आग्रह गरेको छ ।

Published : Wednesday, 2019 February 20, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया