एउटै जंगलमा दुइटा शेर मिलेर बसेका छौँः खड्गप्रसाद ओली

धनगढी । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन एमाले र माओवादी केन्द्रबीच कुनै समस्या नरहेको बताए ।

प्रधानमन्त्री ओलीले स्थानीयस्तरका कमिटी र जनवर्गीय संगठनको एकीकरणमा केही ढिलाइ भएको भएपनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारे । ‘पार्टी एकीकरणमा केही ढिलाइ भयो तर, अब त्यो अवस्था रहँदैन । अब सबै कमिटीहरूको एकता छिट्टै टुंगिदैछ’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने बताए । ‘वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजबुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ’, ओलीले भने ।

कतिपयले एउटै जंगलमा दुइटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुईवटा शेर मिलेर बसेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘धेरैले भन्छन् एटै जंगलमा दुइटा शेर बस्न सक्दैनन् तर, हामीले देखाइदियौँ एउटै जंगलमा दुइटा शेर पनि मिलेर बस्न सक्छन्’, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले भने, ‘नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्व प्रधानमन्त्री भएको पार्टी हो र, अरु धेरै क्षमतावान नेता भएको पार्टी हो । यसले नै देशलाई सहि दिशामा अघि बढाउँदछ् ।’

ओलीले अघिल्लो वर्ष देशको ढुकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने दाबी गरे ।

Published : Wednesday, 2019 February 20, 9:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया