निर्वाचित सांसद पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका एकजना प्रदेश सांसदले पार्टी छाडेका छन् ।

प्रदेश ३ का एकमात्र प्रत्यक्ष निर्वाचित नयाँ शक्ति पार्टीका सांसद प्रेम तमाङ कांग्रेसमा प्रवेश गर्ने भएका हुन् । तामाङ नेपाली कांग्रेस प्रवेशका लागि अन्तिम तयारीमा छन् ।

प्रदेश निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो । प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए ।

प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए ।

फागुन १३ गते रसुवामा कार्यक्रम गरेर नयाँ शक्ति पार्टीका सांसद तमाङ नेपाली कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफैले प्रदेश ३ का सांसद तमाङलाई पार्टीमा प्रवेश गराउनेछन् ।

Published : Monday, 2019 February 18, 12:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया