नुवाकोटको सिम्टाङमा सांस्कृति कार्यक्रम, बल्छी ध्रुबे पनि आउँदै

नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ७ सिम्टाङमा सोनाम ल्होछार २८५५ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

फागुन १७ गते हुने सांस्कृतिक कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले गर्नेछन् । सांस्कृतिक कार्यक्रम स्थानीय सिम्टाङ युवा क्लवले आयोजना गर्न लागेको हो ।

क्लवले बौद्धधर्मालम्बीहरूको ल्होछार २८५५ को अवसरमा कार्यक्रम राखेको हो । सांस्कृति कार्यक्रम फागुन १७ गते बिहान दश बजेदेखि अपरान्ह पाँच बजेसम्म चल्नेछ ।

सांस्कृतिक कार्यक्रममा बल्छी ध्रुबे, वरिष्ठ संगीतकार एवम् गीतकार लालबहादुर योञ्जन, सेलो गायक शेराब रुम्बा, गायिका अञ्जु थोकरसहितका कलाकारहरूले प्रस्तुति दिनेछन् ।

स्थानीय सिम्टाङ क्लवले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूलाई विशेष स्थान दिइनेछ । कार्यक्रममा आउन क्लवले सबैलाई आग्रह गरेको छ ।

Published : Saturday, 2019 February 16, 7:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया