‘धुन्दुकारी’हरूलाई छुटाउन विप्लवद्वारा बन्द आह्वान
बुटवल । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका नेता तथा कार्यकर्ता छुटाउन दवाव दिने उदेश्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी बन्दको आह्वान गरेको छ ।
विप्लवको नेकपाले फागुन ८ गते लुम्बिनी बन्दको आव्हान गरेको जारी विज्ञप्तिमा उल्लेख छ । नेकपाको लुम्बिनी ब्युरो इञ्चार्ज वीरजंगद्वारा जारी विज्ञप्तिमा कम्युनिस्ट सरकारको धरपकड, गिरफ्तारी र दमनका बिरुद्ध बन्द आह्वान गरेको जनाइएको छ ।
संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको विप्लवको पार्टीको दाबी छ ।
फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरूमा बन्द हुनेछ ।
गुल्मी जिल्ला ईञ्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खड्का, अर्घाखाँची सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई प्रहरीले माघ २३ गते अर्घाखाँचीबाट पक्राउ गरेको छ ।
उनीहरूसबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्कमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत