ओलीको योजनामा दाहाल बाधक, राजपालाई झट्का
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउने खड्गप्रसाद ओलीको प्रस्तावलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।
राजपा नेताका नेता राजेन्द्र महतो र प्रधानमन्त्री ओलीबीच केही दिन अगाडि बालुवाटारमा भएको भेटमा राजपालाई सरकारमा सहभागी गराउने विषयमा कुराकानी भएको थियो । ओली राजपा नेपाललाई सरकारमा ल्याउन तयार छन् ।
तर, दोस्रो तहका अध्यक्ष दाहाल राजपालाई तत्काल सरकारमा सहभागी गराउने विषयमा सकारात्मक छैनन् ।
ओली र दाहालबीचको पछिल्लो समयको भेटवार्तामा मन्त्रीहरू हेरफेर गर्नेबारेमा पनि कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।
सरकार गठन भएको एक वर्ष पुग्न लागेको अवसरमा केही मन्त्रीहरूलाई हेरफेर गरेर नयाँ मन्त्री नियुक्तिका साथै राजपा नेपाललाई पनि स्थान दिनुपर्ने विषयमा ओली र दाहालबीच कुराकानी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत