कांग्रेसले निर्मला पन्तबारे सरकारको झूठको पर्दा खोलिदियो
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बलात्कारलाई फाँसीको व्यवस्था गर्न माग गरेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलको सचेतक पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् ।
उनले पीडित १६ वर्षभन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरिन् ।
पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको आवश्यकता रहेको बताएकी हुन् ।
महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको उनको आरोप थियो ।
कांग्रेस सचेतक भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुमेको बताइन् ।
उनले भनिन्, ‘तर सरकारले भने हत्यारा पक्राउ परिसक्यो भनेर गलत सूचना दिएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत