तङ्ग्रिन सकेनन डा.केसी, आईसियुमा उपचार हुँदै
काठमाडौं । अनशन तोडेर उपचार गराइ रहेका डा.गोविन्द केसी तङ्ग्रिन नसकेको चिकित्सकहरूले बताएका छन ।
२४ दिन अनशन बसेका डा.केसीलाई तङ्ग्रिन अझै केही समय लाग्नेछ । अनशन तोडेलगत्तै आईसीयु भर्ना भएका उनी पाँच दिनदेखि उपचाररत छन् ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.केसीलाई आईसीयूबाट मंगलबार वार्डमा सारिएको डा.केसीका आफन्तले जनाएका छन ।
सरकारले आफूसँग गरेका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने मागसहित डा. केसीले शुक्रबार अनशन तोडेका थिए । सरकारले डा. केसीसँग सरकारले साउन १० मा सम्झौता गरेको थियो ।
सरकारको बदनियतका कारण मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायत प्रावधानमा सुधारको काम अधुरै रहेको डा.केसीको भनाइ छ ।
चिकित्सा शिक्षा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न फरक ढंगले लडिरहने उनको प्रतिबद्धता छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत