देशैभरि घन्कियो कम्युनिस्टविरुद्ध कांग्रेसको प्रदर्शन, ओलीविरुद्ध नारावाजी
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले काठमाडौं उपत्यकासहित सबै जिल्लाहरूमा कम्युनिस्ट सरकारविरुद्ध सोमबार प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसको आह्वानमा ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन गरेको हो । कम्युनिस्ट सरकारले अधिनायकवाद लादन खोजेको भन्दै कांग्रेसले देशभरि प्रदर्शन गरेको छ ।
मध्यान्ह १२ बजेदेखि नै शुरु भएको कांग्रेसको प्रदर्शनका सहभागीहरूले कम्युनिस्ट सरकार र प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका छन् ।
उनीहरूले मुलुकमा भ्रष्टाचार, शान्ति सुरक्षा कमजोर, अनियमितता, अधिनायकवादमा कम्युनिस्ट सरकार लाचार भएको भन्दै आलोचना गरेका छन् ।
Published : Monday, 2019 February 4, 1:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत