ओलीले देश छाडेको २४ घण्टाभित्र कांग्रेसद्वारा राष्ट्रिय सभामा अबरोध
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले देश छाडेको २४ घण्टा नवित्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ ।
कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरू सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरूले मानेनन् ।
पहिलो पटक आधा घण्टाका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक पुनः सुरू गर्न खोज्दा फेरिपनि कांग्रेस सांसदहरूले अबरोध गरेपछि माघ १४ गतेसम्मका लागि स्थगित भएको छ ।
1 प्रतिकृया प्राप्त “ओलीले देश छाडेको २४ घण्टाभित्र कांग्रेसद्वारा राष्ट्रिय सभामा अबरोध”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

मलाइ के लाग्छ भने
कङरेस वित्र पनि स्वास्थय को ब्यापर गर्ने मन्छे छन
तिनै मन्छे ले गर्दा आज हाम्रो
देश हाम्रो स्वस्थे सगस्था परेको हो
ब्यापारी करण हुने स्वस्थे सगस्था खारिज गर्न पर्छ